२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

यातायात व्यवसायीहरू अान्दाेलनकाे तयारीमा

यातायात व्यवसायीहरू अान्दाेलनकाे तयारीमा

फागुन १७ गतेदेखि कुनै पनि हालतमा २० वर्ष पुराना गाडी चलाउन नदिने निर्णय लागू गर्न सरकार तम्सिएको छ । यसका लागि सुरक्षा निकायलाई कडा निर्देशन गइसकेको छ । तर यातायात व्यवसायी २० वर्ष पुराना गाडी भए पनि चलाउन पाउनु पर्ने आन्दोलन गरिरहेका छन् । आन्दोलन चर्काउने उनीहरुको निर्णय छ ।

सरकारका अनुसार २० वर्ष पुराना गाडी बिस्थापन गर्दा ५ हजार गाडीको चाप कम हुन्छ । वर्षेनी यो संख्या बढ्दै जान्छ र सवारी आवागमन, दुर्घटनामा कमी आउने छ । यो निर्णय लागू हुन्छ हुन्छ ।

तर यातायात व्यवसायी सरकारको यो निर्णय मान्दैनौं भनेर कडा आन्दोलनको तैयारी गर्न थालेका छन् । ठूलै मारामारको संकेत देखिएको छ । सवारी साधन सडकमा तेस्र्याइदिएपछि सरकार पछि हट्ने गरेका पहिलेका नजिर अनुसार हुन्छ कि सरकारले यसपटक निर्णय लागू गराउने हो, त्यो हेर्न बाँकी छ ।

स्मरणीय छ, सरकारी अधिकारी भन्छन्– हामीले तत्काल कार्यान्वयन गर्न पुन निर्देशन दिएका छौं ।’ २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशित गरी सरकारले आगामी फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

त्यस्ता सवारीको नवीकरण नहुने र वातावरणमैत्री हरियो स्टिकर नदिइने उनले बताए । ‘अब सरकारको तथ्यांकमा ति सार्वजनिक गाडी हुँदैनन,’ उनले भने, ‘सडकमा गुडाउने अधिकार पनि हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij