
काठमाण्डौ । नेपाल उद्योग व्यापार महासंघको प्रथम महाअधिवेशन भाद्र ३० मा हुने भएको छ । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महासंघले महाअधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
विभिन्न १७ वटा संघ मिलेर बनेनको महासंघको भाद्र ३० गते काठमाण्डौमा पहिलो महाअधिवेशन गर्न लागिएको जनाएको छ ।
गत असार ३१ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ हाल देशभर जिल्ला तथा प्रदेश संघ विस्तार गरिसकेको र सबै संघको साझा संस्थाका रुपमा महासंघ दर्ता गरिएको जनाएको छ । साथै प्रथम महाधिवेशनबाट कार्यसमिती चयन गर्ने छ ।
यसका साधारण सदस्यहरु नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारीहरु हुन ।



© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij