२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

दशैं लक्षित सीटी एक्सप्रेसकाे अफर, पैसा पठाउँदा सुन भाग्यमानीले सुन जित्ने

दशैं लक्षित सीटी एक्सप्रेसकाे अफर, पैसा पठाउँदा सुन भाग्यमानीले सुन जित्ने

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउँदा सुन जित्ने मौका रहेको छ ।

मनी ट्रान्सफले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गरेर ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको हो ।

यो योजना ६३ दिनसम्म चल्ने जनाएको छ । यो योजना भदौ १५ आजदेखि सुरु भएर कात्तिक १५ गतेसम्म सञ्चालन हुने छ । सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी र ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ ।

यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीले यो उपहार योजनामा सहभागी हुन पाउने छन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij