काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । भदौ ५ गते बसेको संचालक समितिको बैठकले आइपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने शुल्क घटाएर अधिकतम ५ रुपैयाँमा सीमित गर्ने गरी छलफल भएको बोर्डले जनाएको हो ।
आस्वा शुल्क ५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले तथा १ रूपैयाँ सीडीएस एन्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछन् । बाँकी रकम भने सी–आस्वा सदस्यलाई जानेछ ।
हाल आइपीओ भरेवापत बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ । ३ बैंकहरुले निशुल्क सिआस्वा दिदै आइरहेकामा भदौ देखि लागू हुने गरी कुमारी बैंकले समेत निशुल्क दिदै आइरहेको थियो ।
यस अघि भने १४।१५ आइपीओ भर्दा समेत आइपीओ नपर्ने बैंकको सिआस्वा शुल्क नै भार भएको भन्दै लगानीकर्ताले असुतुष्टी जनाउदै आइरहेका थिए । आइपीओ बाँडफाँटको तरिका पारदर्शी नभएको भन्दै बिरोध जनाउदै आएको लगानीकर्ताले बोर्डको उक्त निर्णयले सिआस्वामा ठूलो राहत पुग्ने विश्वास रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij