२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

४४ खर्ब ३४ अर्ब पुग्याे वणिज्य बैंकहरुको निक्षेप

४४ खर्ब ३४ अर्ब पुग्याे वणिज्य बैंकहरुको निक्षेप

 

काठमाण्डौ । वणिज्य बैंकहरुको ४४ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप ६ खर्ब रहेको छ। त्यस साथै बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तिय संस्थाहरुको कर्जा प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको ५ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तिय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो ८८ दशमलव ०७ प्रतिशत रहेको छ।

बैंकको कर्जा प्रवाह स्थिति कस्तो छ?
बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतलेबढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij