
काठमाडौं । एफ वान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त हुनुभएको छ । उहाँलाई एफ वान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँसँग २४ वर्ष भन्दा बढि सफल उद्यमीको रुपमा काम गरेको अनुभव छ ।
ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गर्नुभएको थियो । नेपाल फर्केपछि उहाँ एक सफल उद्यमी बन्न सफल हुनुभयो । उहाँले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्नुभयो ।
उहाँ यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत हुनुहुन्थ्यो । उहाँले कम्प्युटर विज्ञान र गणितमा स्नातक गर्नुभएको छ ।
एफ वान सफ्टमा आवद्ध भएसँगै कम्पनीलाई थप उचाइमा पुर्याउन ऊहाँको महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ ।
सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफ वान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो ।
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ । एफ वान सफ्टकै भगिनी संस्था इ–सेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij