२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

एनआईबिएल एस क्यापिटलले पठायाे १० वटा डिबेन्चरकाे ब्याज

एनआईबिएल एस क्यापिटलले पठायाे १० वटा डिबेन्चरकाे ब्याज

एनआईबिएल एस क्यापिटल सेयर रजिष्ट्रार रहेका विभिन्न १० वटा डिबेन्चरहरुको व्याज भुक्तानी भएको छ । क्यापिटलले यी १० कम्पनीहरुको असार मसान्तसम्मको अर्धबार्षिक ब्याज सेयरधनीको खातामा दाखिला गरिसकेको जनाएको छ ।

क्यापिटलले १०.५ प्रतिशत एनआईबी नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर-२०८२, ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड-२०८४, १०.३५ प्रतिशत एडिबिएल कृषि बैक ऋणपत्र-२०८३, १२ प्रतिशत गुडविल डिबेन्चर-२०८३, ८.७५ प्रतिशत गरिमा डिबेन्चर-२०८५, ९ प्रतिशत ज्योति विकास बैंक बोन्ड-२०८७, ९ प्रतिशत केएसबिबिएल डिबेन्चर-२०८७, ९.५ प्रतिशत मन्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर-२०८५, ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ र सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर-२०८७ को ब्याज भुक्तानी गरिएको हो ।

क्यापिटलले असार मसान्तसम्म कायम लगानीकर्ताहरुको खातामा ब्याज रकम जम्मा गरिएको जनाएको छ । हालसम्म पनि व्याज रकम आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा नेपाल क्लियरित हाउस अन्तर्गत क्ष्एछ सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराई एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यलयमा सम्पर्क गरी आफ्ना ब्याज बापतको रकम लिन समेत क्यापिटलले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij