एनआईसी एशिया बैंकले स्वदेशमा मात्र नभै विदेशमा रहेका नेपालीहरुको हितलाई मध्यनजर गरी सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले वैदेशिक रोजगारीमा गएकाहरुलाई विशेष फाइदा पुर्याउने उदेश्यका साथ यो खाता सञ्चालनमा ल्याएको हो ।
विदेशमा श्रम गरेर कमाएको रकम रेमिट्यान्सको रुपमा भित्रिदा राज्यलाई पनि फाइदा पुग्ने, ग्राहकले पनि आकर्षक ब्याजदरका साथ विभिन्न सेवा सुविधाहरु उपभोग गर्न सकुन् भन्ने उदेश्यले यो खाता सञ्चालनमा ल्याईको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।
बैंकले रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकहरुले वार्षिक ९.०३ प्रतिशत ब्याजदर प्राप्त गर्ने जनाएको छ । सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता अन्तर्गतको एन आइ सी एशिया गुडविल एम्बेसडर, द प्राइड अफ एन आइ सी एशिया, द पार्टनर अफ एनआइसी एशिया रहेका छन् ।
ADVERTISEMENT
एन आइ सी एशिया गुडविल एम्बेसडर श्रेणीमा खाता खोल्न २० हजार रुपैयाँ, द प्राइड अफ एन आइ सी एशियामा १० हजार रुपैयाँ र द पार्टनर अफ एनआइसी एशियामा खाता खोल्दा न्यूनतम मौज्दात ५ हजार रुपैयाँ न्यूनतम मौज्दात आवश्यक पर्ने बैंकले जनाएको छ ।
सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता खोल्नेहरुका लागि बैंकले आकर्षक बीमा फाइदाहरु समेत उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार जसमा औषधी उपचार बीमा, घातक रोग बीमा र दुर्घटना बीमा गरी तीन किसिमका फाइदाहरु उपलब्ध हुनेछन् । दुर्घटना बीमा र घातक रोग बीमातर्फ अन्तर्गत गुडविल एम्बेसडर श्रेणीका लागि ४० लाख रुपैयाँ, द प्राइड अफ एन आई सी एशियाका लागि २० लाख रुपैयाँ र द पार्टनर अफ एन आइसी एशियाका लागि १० लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध हुने बैंकले जनाएको छ ।
औषधी उपचार बीमातर्फ भने गुडविल एम्बेसडर श्रेणीका लागि ओपीडीका लागि ८० हजार र अस्पताल भर्नाका लागि ३ लाख २० हजार रुपैयाँ गरी ४ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ ।
त्यस्तै द प्राइड अफ एनआइसी एशियाका लागि ओपिडी ४० हजार र अस्पताल भर्ना १ लाख ६० हजार गरी २ लाख रुपैयाँसम्म र द पार्टनर अफ एनआइसी एशियाका लागि ओपिडी २० हजार र अस्पताल भर्ना ८० हजार गरी १ लाख रुपैयाँसम्म बीमा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
गुडविल एम्बेसडर श्रेणीमा रेमिटेन्स खाता खोल्नेले खातावालासँगै आफूले रोजेको अन्य तीन जनासम्मका लागि यस्तो फाइदा पाउनेछन् ।
द प्राइड अफ एनआइसी एशियामा पनि खातावाला र खातावालाले तोकेको अर्को एक जानले समेत यस्तो फाइदा पाउनेछन् ।
यो बीमा फाइदा ५ वर्षका लागि हुने छ । तर, नियमनकारी निकाय बीमा समितिको नीति निर्देशन बमोजिम परिवर्तन वा रद्द हुन सक्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij