काठमाडौं । सर्वसाधारण जनताको स्वास्थ तथा सुविधा कायम राख्न, खाद्य पदार्थमा कुनै अवान्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वाभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गर्न र खाद्य पदार्थको उचितस्तर बनाई राख्नको लागि बनेको खाद्य ऐन र उक्त ऐन कार्यान्वयन गर्ने गराउने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तरबारे जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ ।
विगतमा केन्द्रिय स्तरमा मात्र मनाईने खाद्य स्वच्छता दिवस यस वर्ष देशभर व्यापक रुपमा नै फाल्गुण महिनाभर स्वच्छ र पोषिलो खाना: स्वस्थ्य जीवन हाम्रो चाहना भन्ने नाराका साथ मनाउन लागिएको छ । विभाग र अन्तरगतका क्षेत्रीय कार्यालय, स्याउ प्रशोधन केन्द्र, खाद्य क्वारेन्टाईन प्रयोगशाला तथा जिल्ला खाद्य निरिक्षण ईकाइहरूबाट समेत स्थानीयस्तरमै यो कार्यक्रम मनाउने कार्यक्रम तय गरिएकोे छ ।
खाद्य गुणस्तर कायम गर्न मुख्य सरोकारबालाहरू जस्तै उपभोक्ता हक हितमा काम गर्ने संघ÷संस्थाहरू, पत्रकारहरु,खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन हुने कलेजहरू, स्वास्थ्य तथा खाद्यसँग सम्बन्धित संस्था लगायतका विभिन्न निकायहरूको सहकार्यमा हरेक वर्ष राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै आइएको छ ।
मानव जीवनको लागि खाना र पानी आधारभूत एवम् अपरिहार्य आवश्यकता हुन् । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न खाना पर्याप्त भएरमात्र पुग्दैन, शरीरको लागि आवश्यक पर्ने विभिन्न किसिमका पौष्टिक तत्वहरूसमेत भएको हुनुपर्छ । खाना पर्याप्त र पौष्टिक भए पनि त्यसमा हानिकारक तत्वहरू रहेछन् भने त्यस्तो खानाले विभिन्न किसिमका रोगहरू निम्त्याउने गर्छ । खाना र पानीमा मुख्यतया तीन किसिमका हानिकारक तत्वहरू हुन सक्छन् ।
पहिलो प्रकारका हानिकारक तत्वमा बालुवा, माटो, ढुङ्गा, सिसाजस्ता भौतिक वस्तुहरू पर्छन् भने दोश्रो प्रकारमा अखाद्य रङ, हानिकारक रसायनजस्ता रासायनिक तत्वहरू पर्छन् । त्यसैगरी तेश्रो प्रकारमा हानिकारक सूक्ष्म जीवाणुहरू पर्छन् । यस्ता हानिकारक वस्तु भएका खानेकुरा र पानी उपभोग गर्नाले तत्काल झाडाबान्ता हुने, अङ्गभङ्ग हुनेजस्ता समस्याहरूदेखि लिएर क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने भई मृत्युसमेत हुनसक्ने भएको हुनाले हामीले खाद्य स्वच्छतामा विशेष ध्यान दिनु जरूरी हुन्छ ।
खाद्य स्वच्छता तथा गुणस्तरको महत्वलाई थप उजागर गरी खाद्य पदार्थ र पानीबाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कम गर्नुका साथै खाद्य व्यापारको सहजीकरणबाट राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्न सकोस् भन्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नवौं खाद्य स्वच्छता दिवस मनाउन लागेको हो । खाद्य उद्यमी, व्यवसायी एवम् उपभोक्ता हितसँग सम्बन्धित संघ संस्थाहरूको सहयोगमा खाद्य स्वच्छताका विविध विषयमा अन्तरक्रिया गर्नुका साथै खाद्य स्वच्छताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने खाद्य उद्यमी, व्यवसायी एवम् व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम लगायत विविध जनचेतनामूलक कार्यक्रमहरूका साथमा मनाउन लागिएको हो ।
यसलाई सफल पार्न सरकारी, गैर सरकारी निकाय, उद्यमी एवम् व्यवसायी, उपभोक्ता संघ संगठनहरू, पत्रकार मित्रहरूलगायत सम्पूर्ण उपभोक्ता एवम् सर्वसाधारण वर्गमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हार्दिक अपील व्यक्त गर्दछ ।
स्वच्छ तथा गुणस्तरीय खाद्य वस्तु तथा प्रशोधित पानीको उत्पादन तथा बिक्री वितरणमा खाद्य उद्यमी वर्गको अहम् भूमिका हुने हुनाले तिनले खाद्य स्वच्छता तथा गुणस्तरमा विशेष प्राथमिकता दिई स्वच्छ र गुणस्तरीय खाद्य तथा पेय पदार्थहरू एवम् प्रशोधित पानीको उत्पादन तथा बिक्री वितरणमा सजगता अपनाउनु पर्छ ।
खाद्य वस्तु, पेय पदार्थ तथा प्रशोधित पानी उद्योगहरूले उत्पादन स्थलमा कुशल उत्पादन प्रणाली (GMP) तथा कुशल स्वच्छता प्रणालीे (GHO) अवलम्बन गर्ने, स्वच्छ उत्पादन आचारसंहिता लागू गर्ने ।
खाद्य उद्योग स्थापना पुर्व विभाग वा अन्तरगतका कार्यालयबाट सिफारीस लिने, खाद्य उद्योगको अनुज्ञापत्र लिने र सालवसाली नवीकरण गर्ने तथा लेबलमा खाद्य अनुज्ञामत्र संकेत नम्बर उल्लेख गर्ने ।
दूषित, न्यूनगुणस्तरको वा हानीकारक खाद्य पदार्थ उत्पादन नगर्ने ।
खाद्य पदार्थको पहिचान जनाउन लेबल महत्वपूर्ण माध्यम भएकोले खाद्य ऐन नियमावली बमोजिम लेवलमा खुलाउनु पर्ने विवरण उल्लेख गरी विक्री वितरण गर्ने ।
प्रत्येक व्याच उत्पादनको अभिलेख व्यवस्था मिलाउने ।
उत्पादित वस्तुको गुणस्तरियताको सुनिश्चित गरेर मात्र बजारमा खाद्य पदार्थ विक्रि वितरण गर्ने ।
स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादन, भण्डारण र विक्री वितरणको निमित्त आवश्यक व्यवस्था मिलाउने ।
खाद्य पदार्थ राख्ने, तयार गर्ने वा परिवहनमा प्रयोग गर्ने कुनै पनि भांडा वा खाद्य पदार्थ राखिने ठाउं सफा सुग्घर राख्ने, टुटफुट भएमा मर्मत गर्र्ने, राम्ररी बिर्को लगाउने वा धुलो, मैला, झिंगा, किरा, फटेंग्राबाट बचाउन राम्ररी छोप्ने, र दुर्गन्ध फोहोर मैला, दूषित वा न्यूनस्तरको हावा वा पानीको सम्पर्क नहुने ठाउंमा राख्ने ।
म्याद नाघेको खाद्य पदार्थ विक्री वितरण नगर्ने । त्यस्ता खाद्य पदार्थ बजारबाट फिर्ता (Recall) गर्ने व्यवस्था गर्ने ।
खाद्य व्यवसायी (वितरक, होलसेलर, रिटेलर, आयात निर्यातकर्ता) वर्गमा अपील
खाद्य व्यवसायी, वितरक, होलसेलर, रिटेलर वर्गले समेत खाद्य स्वच्छताका मापदण्ड पालन गर्नुपर्छ ।
प्याक गरिएका खाद्य पदार्थको लेवलमा उत्पादन मिति, उपभोग्य मिति, व्याच नं., तौल, उत्पादकको नाम र ठेगाना, समिश्रण आदी उल्लेख भएका खाद्य पदार्थहरु मात्र विक्री वितरणको लागि राख्ने ।
यथोचित भण्डारण लगायतको असल परीचालन अभ्यास अबलम्बन गर्ने ।
कुनै खाद्य पदार्थहरु हेर्दा अस्वभाविकरुपमा रगं एवं बाह्य रसायन प्रयोग भएको, गन्ध आउने, रगं प्रयोग नहुने खाद्य पदार्थहरु जस्तै दाल आदीमा हेर्दा चम्किलो रंगिन देखिए त्यस्ता खाद्य पदार्थहरुको विक्री वितरण नगर्ने ।
टिन, बट्टा, प्लाष्टिक आदि राम्रो सिल छ छैन हेर्ने, खिया लागेको फूटेको आदी हटाउने ।
हप्तामा एक पटक आफ्नो पसलमा रहेका खाद्य पदार्थहरुको लेवल आफै निरीक्षण गरि उपभोग्य मिति समाप्त भई सकेका भेटिएमा सम्बन्धित डिलरमा फिर्ता गर्ने वा नष्ट गर्ने र सो को अभिलेख राख्ने ।
खाद्य ऐन नियम अनुसार प्रतिकुल मानिने दूषित, न्यूनगुणस्त तथा हानीकारक खाद्य पदार्थ विक्रि वितरण नगर्ने ।
खाद्य पदार्थमा अखाद्य पदार्थको सम्पर्क वा मिसिन सक्ने गरी एकै स्थानमा राख्न नहुने ।
आयातकर्ताले आयात गरिने खाद्य तथा पेय पदार्थको लट विभाग अन्तरगतका क्षेत्रीय कार्यालय वा खाद्य क्वारेन्टाइन प्रयोगशालाहरुमा परीक्षण गराई स्वच्छ र गुणस्तरीय खाद्य तथा पेय पदार्थहरू मात्र आयात गर्नुपर्छ ।
खाद्य पदार्थ विक्रि वितरण गर्दा आचारसंहिता पालन गर्ने ।
होटल, रेस्टुरेण्ट तथा घुमिफिरी बेच्ने खाद्य (स्ट्रीट फूड) बिक्रेता वर्गमा अपील
ड्ड खाना पकाउनु तथा तयार गर्नुअघि राम्रोसँग हात धुने, कच्चा खाद्य पदार्थ राम्रोसँग पखाल्नुको साथै खानेकुरा राख्ने भाँडाकुँडाहरू राम्रोसँग सफा गर्ने ।
ड्ड बिक्रीका लागि राखिएका खानेकुरालाई झिँगा, किरा फटयाङ्ग्रा, धुँवा आदिबाट बचाउन खुल्ला नराखी राम्रोसँग छोपेर राख्र्ने ।
ड्ड खाद्यवस्तुहरू विशेषतः माछा, मासु, दूधलाई सम्भव भए फ्रिजमा राख्ने र सो नभए सुख्खा तथा चिसो ठाउँमा राख्ने ।
ड्ड खानेकुराहरू एक पटक तयार गरेर पुनः तताउनुपर्दा ६० डि.से. भन्दा बढी तापक्रममा तताउनुपर्छ ।
ड्ड तेललाई पटक पटक तताएर प्रयोग नगर्ने ।
ड्ड सफा र पिउन योग्य पानीको मात्र प्रयोग गर्ने ।
ड्ड अखाद्य रङको प्रयोग गर्नु हुँदैन । रङको प्रयोग गर्नुपरेमा खाद्य रङ प्रति किलोग्राम खाद्य वस्तुमा २०० मिलि ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । पकाएर खाने खाद्य पदार्थमा रङको प्रयोग नगर्ने ।
ड्ड स्वीकृत खाद्य रङ र परिरक्षी (केमिकल) तथा आचार संहिताबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जानकारी लिने ।
ड्ड विभाग तथा क्षेत्रीय कार्यालयहरुबाट प्रदान गरिने खाद्य स्वच्छता स्तरीकरण लोगो (क्तष्अपभच) लिई खाद्य स्वच्छता अभियानलाई प्रभावकारी रुपमा सफल बनाउन सहयोग गर्ने ।
ड्ड
कुनै पनि प्याकिङ्ग भएको खाद्य पदार्थको बाहिरी आवरणमा लेवलमा खुलाउनुपर्ने अनिवार्य मापदण्ड (उत्पादन मिति, उपभोग्य मिति, व्याच नम्वर, तौल÷आयतन, उद्योगको पुरा नाम ठेगाना) हेरेर मात्र खरीद गर्ने साथै उपरोक्त विवरणहरु उल्लेख नभएका प्याकिङ्ग भएको खाद्य पदार्थको खरिद नगर्ने ।
कुनै रोगी वा रोगकारक पशुपंक्षीको मासु नखाने ।
चरा, मुसाको बिस्टा, रौं, ढुंगा आदि देखिएमा, अखाद्य रंग प्रयोग भएका÷अत्यधिक रंग प्रयोग भएका रङ्गीचङ्गी मिठाई लगायतका खाद्य पदार्थ, अखाद्य बस्तुहरु जस्तै प्लास्टिकका खेलौना, वेलुन, सिठी आदि प्रयोग भएका खाद्य पदार्थ खरीद नगर्र्नेे ।
उपभोग्य मिति समाप्त भएका, फोहोरी वा बिरामी मानिसले तयार गरेका, सडेगलेका, मिmंगा भन्केका, खुल्ला (नछोपी) राखेका, फोहर ठाउँ तथा विषाक्त अवस्थामा तयार पारिएका, धूलो परेका मिठाईहरु तथा अन्य खाद्य वस्तु खरिद तथा उपभोग नगर्ने ।
ताजा र सफा खाद्य बस्तुको उपभोगमा ध्यान दिने ।
ढँुसी परेका, किरा लागेका, डल्ला परेका, पाकेट फूटेका, खिया लागेका, अस्वाभाविक गन्ध आउने, विषादिको गन्ध आउने, अस्वभाविक एवं अप्राकृतिक रुप रंग भएका अन्न, तरकारी, फलफूलको प्रयोग नगर्ने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij