२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले लिए शपथ

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले लिए शपथ

काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सी.ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् ।

सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हांसिल गरेका छन् ।

उनलाई बैंकको सञ्चालक समितिले उनलाई पुस ५ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा नियुक्त गरेको हो । उनी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु क्रमशः डा. निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुिक्त प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य संजिव पौडेल, डा. इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थिती थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij