२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नाडा अध्यक्ष पदमा ध्रुव थापा विजयी

नाडा अध्यक्ष पदमा ध्रुव थापा विजयी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । उनले अध्यक्षका अर्का प्रत्याशी करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन्।

थापाले नाडा चुनावमा १४१३ मत प्राप्त गरेका छन् भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।

१७ सदस्यीय कार्यसमितिमा  ध्रुव थापा प्यानलबाट ५ जना र चौधरीको प्यानलका १२ जना विजयी भएका छन् ।

विजयी हुनेमा थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

यता चाैधरी प्यानलका मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२) र सुनिल रिजाल (१४०२) रहेका छन् । त्यसैगरी सोही प्यानलबाट अभिक ज्योति (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंघानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् । यस्तै निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्।

नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij