२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पहिलोपटक चाँदीमा ताेकियाे कोटा

पहिलोपटक चाँदीमा ताेकियाे कोटा

नेपाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्ने गरि नयाँ सर्कुलर जारी गरेको छ । सोमबार बेलुका सूचना जारी गर्दै केन्द्रीय बैंकले कच्चा चाँदीको आयातदेखि अन्य बस्तुको आयातमा समेत कोटा तोकेको हो । पहिलो पटक केन्द्रीय बैंकले चाँदीको आयातमा कोटा प्रणाली लागू गरेको छ ।

बैंकद्वारा जारी सर्कुलरअनुसार अब चाँदी एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको मात्र आयात गर्न पाइनेछ । बैंक ग्यारेन्टी मार्फत् हुने यस्तो आयात चाँदी व्यवसायीले, हस्तकला व्यवसायीले गरगहना वा अन्य वस्तु निर्माण गरी निर्यात गर्ने प्रयोजनका लागि स्वयम् आयात गर्न सक्नेछन् ।

साथै, राष्ट्र बैंकले बैंक ग्यारेन्टी मार्फत् गरिने अन्य वस्तुको आयातलाई समेत ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म डकुमेन्ट एगेन्स्ट पेमेन्टमा १ लाख अमेरिकी डलरसम्म आयात गर्न पाइन्थ्यो । त्यसलाई घटाएर राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरमा सीमित गरेको हो ।

यस्तै, बैंकले विद्यमान तरलता संकटको समस्या समाधान गर्न विदेशी मुद्राको निक्षेप भित्र्याउने नीतिमा समेत सहजीकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij