२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

शुक्रबारबाट १८ औं हस्तकला व्यापार मेला सुरू

शुक्रबारबाट १८ औं हस्तकला व्यापार मेला सुरू

५ करोड रकम बराबरको कारोबार हुने महासंघकाे अपेक्षा

काठमाडौं । शुक्रवारदेखि १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता सुरु भएको छ । हस्तकला महासंघ नेपालको आयोजनामा काठमाडौं बौद्धस्थित होटल हायात रेजेन्सीमा मेला सुरु भएको हो ।

मेलामा हस्तकला लगायत विभिन्न वस्तुहरुको १२० वटा स्टल रहेका छन् । यसरी नै मेलामा कला प्रतियोगिता अन्तर्गत, परम्परागत र समसामयीक गरी २ वटा विधामा प्रतियोगिता समेत गरिएको छ । त्यस्तै, ७० वर्ष नाघेका जेष्ठ कलाकारहरु तथा विदेशी बजारमा हस्तकला निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरुलाई सम्मान समेत गरिएको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । हस्तकलाको निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्य आयोजित मेला तीन दिनसम्म चल्ने छ । १ लाख बढी अवलोकर्ताले मेलाको अवलोकन गर्ने महासंघले बताएको छ ।

उक्त मेलामा ३ देखि ५ करोड सम्मको व्यापार हुने महासंघले जानकारी दिएको छ । मेलाबारे बताउँदै महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले भने, ‘हामी हस्तकला सहितका सामग्री स्वदेशी तथा विदेशी बजारमा प्रबद्र्धन गर्ने उद्देश्य सहित निर्यात व्यापार प्रवद्र्धन गर्न हस्तकला मेलाको आयोजना गरेका हौं ।,तीन दिन सम्म चल्ने मेलामा ३ देखी ५ करोड सम्मको कारोबार हुने अनुमान गरेका छौं ।

शुक्रवारबाट नै हस्तकलाको अनलाइन बजार ई कलाको उद्घाटन समेत गरिएको छ । मेलालाई नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोग रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij