
छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड (CBBL)ले २७% बोनस शेयर र ३% नगद लाभांश गरी कुल ३०% लाभांश दिने भएको छ।
संचालक समितिको मंसिर ०१ गते बुधबार साँझ ४:०० बजे बसेको २६८ औं बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो।
लघुवित्तले हाल कायम रहेको चुक्ता पूँजी रु. १ अर्ब ८३ करोड को २७% ले हुन आउनेरु.४९ करोड ४१ लाख बराबरको बोनस शेयर र ३% ले हुन आउने रु.५ करोड ४९ लाख बराबरको नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने घोषणा गरेको छ।
संचालक समितिले घोषणा गरेको उक्त लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij