
नबिल बैंक लिमिटेड (NABIL) ले आफ्नो शेयरधनीहरुलाई ३८% लाभांश दिने भएको छ।
बैंकको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ३३.६% बोनस सेयर र ४.४% नगद लाभांश (कर समेत) गरी कुल ३८% लाभांश वितरण गर्ने भएको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij