काठमाडौं । सातामा सेयर कारोबारको अन्तिम दिन बिहीबार पनि बजार दोहोरो अंकले ओरालो लागेको छ । यो दिन नेप्से २६.७५ अंकले ओरालो लागेर परिसूचक १२९६.२३ अंकमा पुगेको छ ।
१३४ कम्पनीको एक करोड ५४ लाख १४ हजार तीन सय ३९ कित्ता सेयर ५७ करोड ६० लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ‘क’ वर्गको कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.७३ अंकले घटेको छ ।
यो दिन सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबै भन्दा बढी बिमा समूहको परिसूचक २२४.१८, जलविद्यूत समूहको परिसूचक ३६.६३,बैंकिङ समूहको २६.८४, विकास बैंक समूहको १९.३८, होटेल समूहको १३.०८, वित्त समूहको ७.०५ र अन्य समूहको ३.४७ अंकले ओरालो लागेको छ ।
यो दिन सिद्धार्थ इक्वीटी ओरियन्ट स्किम, नविल सिद्धार्थ फन्ड १, एनएमवी सुलभ इन्भेष्टमेन्ट फन्ड १, प्रभू बैंक, नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij