२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

माहुली लाघुवित्तले २६% बोनस शेयर दिने

माहुली लाघुवित्तले २६% बोनस शेयर दिने

माहुली लाघुवित्त वित्तिय संस्था लिमिटेड (MSLB) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २६% बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ कार्तिक १३ गते दिउँसो १:३० बजे बसेको संचालक समितिको १२०औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु. २२ करोड ३९ लाख ४४ हजार को २६% ले हुने रु. ५ करोड ८२ लाख २५ हजार ४४० बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij