काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’को शुभारम्भ गरेको छ ।
जसअन्तरगत रु. दश हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुतmानी गरिनेछ । यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुतmानी पाउन सकिनेछ । साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ सुविधा पनि निस्शुल्क प्राप्त गर्न सकिनेछ । उक्त खातामा लकर सेवा, एटिएम तथा अन्य सुबिधाहरुको समेत व्यवस्था रहेको छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने गरी सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’ खोल्न सकिने बैंकले जनाएको छ । उक्त खाता खोल्नको लागि कुनै एक रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर १०३ शाखाहरु, ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij