काठमाडौं । लोकमान सिंह कार्की माथि अाक्रमण हुन सक्ने भन्दै उनकाे निम्ति सुरक्षा प्रबन्ध गरिने भएकाे छ । सर्वोच्चको आदेशबाट पदमुक्त भए लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख कार्की माथि हमला हुन सक्ने भन्दै सरकारले उनकाे निम्ति सुरक्षा प्रबन्धकाे व्यवस्था गर्ने अादेश दिएकाे हाे ।
पुस २४ गते मात्र सर्वोच्चले कार्कीको नियुक्ती बदर गरिदिएको थियो । साथै लोकमान सिंह कार्की अख्तियार प्रमुखबाट पदमुक्त भएका थिए । त्यसअघि गत पुस ७ गते विप्लव माओवादीका कार्यकर्ताहरुले सर्वोच्च अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए ।
मन्त्रिपरिषदले लोकमानको सुरक्षाका लागि सुरक्षाकर्मी उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदले सुरक्षासम्बन्धी प्रचलित मापदण्ड बमोजिम सुरक्षाको आवश्यक व्यवस्था मिलाउन भनेको हाे ।
लाेकमानले पाउने छैनन् आजीवन सुरक्षा ः
तत्कालका लागि सुरक्षा दिने निर्णय गरेको मन्त्रिपरिषदको उक्त बैठकले लोकमानलाई दिइएको पछुवा सहित आजीवन सुरक्षा सुविधा भने खोस्ने निर्णय गरेको छ । ०७२ साल माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले लोकमानसिंह कार्कीमाथि सुरक्षा खतरा उच्च रहेको भन्दै आजीवन सुरक्षा सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णयलाई प्रचण्ड सरकारले उल्टाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij