२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जुनसुकै बेला समाचार पढ्न एनएमबि न्यूज एप

जुनसुकै बेला समाचार पढ्न एनएमबि न्यूज एप

काठमाडौं । देश तथा विदेशका ताजा लोकप्रिय समाचार पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गर्दै नेपाल मल्टिपल ब्रोडकाष्टिङ न्यूज प्रा.लिले मोवाइल एप एनएमबि न्यूज सार्वजनिक गरेको छ ।

करिब सात महिनादेखि अनलाइन समाचार प्रवाह गर्दै आएको उक्त कम्पनीले समाचार पाठकहरुलाई अझ सजिलो र डिजिटलाइज गर्न मोवाइल एप संचालनमा ल्याएको हो । एन्ड्रोइडका लागि गत पुषमा सार्वजनिक भएको एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

यो एपमा प्रयोगकर्ताले आफ्नो प्रदेश, रुची र प्राथमिकता अनुसार चाहेजस्तै समाचार पढ्न पाउनेछन् । प्रयोगकर्ताको समयलाई थप महत्तव दिँदै देश तथा विदेशका मुख्य समाचारहरु तुरुन्त नोटिफिकेसन मार्फत पाउनेछन् । साथै पछिल्ला दिनहरुमा कुनै अपडेट आएमा एपमै तुरुन्त अपडेट गर्न सक्नेछन् भने एपको बारेमा प्रतिक्रिया पनि सजिलै दिन सक्नेछन् ।

एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने कम्पनीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij