
श्रवण कुमार रावल विगत ४ बर्ष देखि सगरमाथा इन्स्योरेन्समा जोडिएका हुन् । हाल उनी डेपुटी सिइओको रुपमा कार्यरत छन् । करिब ३ दशक लामो विमा क्षेत्रको अनुभव समेटेका उनी नेपालमा विमा क्षेत्रको सम्भावना राम्रो रहेको बताउँछन् । यसैगरी शैलेश प्रसाद आचार्य सगरमाथा इन्स्योरेन्सका एक पुराना कर्मचारी हुन् । उनी विगत २५ बर्ष पहिले कम्पनी स्थापना हुँदा देखि नै यसै इन्स्योरेन्स कम्पनीमा जोडिएर काम गर्दै आइरहेका छन् ।
नेपालमा विमा क्षेत्रको अवस्था
नेपालमा सबैगरी अहिले ४० ओटा वीमा कम्पनीहरु सञ्चालनमा छन् । जसमध्ये २० ओटा जीवन वीमा सेवाप्रदायक कम्पनी, १९ ओटा निर्जीवन र एउटा पुनर्विमा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स हो । सगरमाथा इन्स्योरेन्स पनि एक पुरानो र स्थापित कम्पनी हो ।
नेपालमा पुनर्विमा कम्पनी स्थापना हुनुपूर्व नेपाली कम्पनीहरुले संकलन गरेको ठूलो रकम पुनर्विमाको लागि तेस्रो मुलुकका कम्पनीको खातामा जाने गरेको थियो । नेपालमा नै पुनर्विमा कम्पनी स्थापना भएसँगै अहिले नेपाली विमा कम्पनीहरुको पैसा नेपालमा नै रोकिएको छ ।
संक्षिप्तमा सगरमाथा इन्स्योरेन्सको अवस्था
शुरुका दिनमा यस कम्पनीले ५९ लाख रकमबाट आफ्नो व्यवसाय शुरु गरेको हो । यस कम्पनीले गत आषाढ मसान्त सम्ममा २ अर्ब १९ करोड रकम बराबरको प्रिमियम संकलन गरेको छ । यस बर्ष पनि वृद्धिदर राम्रो रहेको छ । यस बर्षका त्रैमासिक तथ्यांकलाई हेर्दा करिब १२ प्रतिशतको वृद्धिदर देख्न सकिन्छ । हाल यस कम्पनीमा ३ सय ६२ जना कर्मचारीहरु आवद्ध छन् ।
सगरमाथा इन्स्योरेन्स श्रृलङ्काकाे ceylinco insurance plc को जोइन्ट भेन्चर कम्पनी हो । जुन स्थापना देखि नै हरेक बर्ष निरन्तर मुनाफामा सञ्चालन हुँदै आएको छ । यो निर्जीवन सेवाप्रदायक कम्पनी हो । पछिल्ला बर्षहरुमा नेपालमा विमा कम्पनीहरु थपिने क्रम बढेको भएपनि प्रतिष्पर्धाले मुनाफामा केही प्रभाव परेपनि आफूहरुलाई ठूलो असर नपर्ने एसिस्टेन्ट जनरल म्यानेजर शैलेन्द्र प्रसाद आचार्य बताउँछन् । समग्रमा हेर्दा यस कम्पनीको वृद्धिदर र प्रगति राम्रो छ ।

शैलेश प्रसाद आचार्य, एसिस्टेन्ट जनरल म्यानेजर, सगरमाथा इन्स्योरेन्स
हाल यस कम्पनीले मोटर वीमा, अग्नि वीमा, इन्जिनियरिङ, हवाई, कृषि लगायतका वीमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सबैभन्दा बढी कारोबार मोटर विमाको हुने गर्छ । आगामी दिनमा कृषि र मेडिकल विमाको सम्भावना राम्राे रहेको रावल बताउँछन् ।
पृथक योजना पस्कनेमा अग्रणी कम्पनी
सगरमाथा इन्स्योरेन्स सधैं नयाँ योजनाहरु अघी सार्ने अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । यस कम्पनीले ‘भिआइपी अन द स्पट’ नामक योजना ल्यायँदा उक्त योजना नेपालको लागि नयाँ योजना थियो । जुन श्रृलङ्कामा विकास भएको मोडल थियो । यसैगरी हातहातमा पोलिसी पनि नयाँ अवधारणा थियो । जुन अवधारणा बमोजिम मोबाइल एप्सबाट नै प्रिमियम भुक्तानी गर्न सकिन्छ । यसरी नै आगामी दिनमा पनि बजार आवश्यकता बमोजिम सोही बमोजिमका नयाँ कार्यक्रमहरु अघी सार्ने व्यवस्थापन पक्ष बताउँछ ।
कोरोना पछि बढ्दो विमा चेतना
पछिल्लो समय कोरोना सङ्कटसँगै मानिसहरुको चासो विमा प्रति बढ्दो छ । यस किसिमको बढ्दो चासोलाई लक्षित गर्दै कम्पनीले Medical, accidental एवं critical illness कार्यक्रमलाइ एउटै प्याकेजमा समायाेजन गरी विशेष विमा प्याकेज ल्याउन लागेकाे छ ।
नेपालमा बैंकासुरेन्स
नेपालमा अहिले सम्म बैंकासुरेन्स कार्यक्रम फस्टाउन सकेको छैन । केही बैंकहरुले यस सम्बन्धमा सहजीकरणको प्रयाश भने गरेका छन् । यद्यपि यसको राम्रो तवरले विकास हुन बाँकी छ ।
नेपालमा पुनर्वीमा कम्पनी
नेपालमा पछिल्लो समय ४ ओटा कम्पनीहरुले पुनर्विमा सेवाको विमा संस्थानमा आवेदन परेको छ । नेपालको लागि पुनर्विमा नयाँ कार्यक्रम हो । अघिल्लो बर्ष मात्रै नेपाल पुनर्विमा कम्पनी स्थापना भएसँगै यो कार्यक्रम शुरुवात भएको हो । विमा कम्पनीहरु धेरै सङ्ख्यामा भइसक्दा पनि अरुलाई सुरक्षा दिने वीमा कम्पनीलाई समेत सुरक्षित बनाउन स्वदेशी कम्पनीको आवश्यकता महसुस भई सोही मान्यताले पुनर्विमा कम्पनी स्थापना गरिएको हो । यद्यपि नेपालको सानो भूभागमा कतिओटा पुनर्विमा कम्पनी आवश्यक रहन्छन् भन्ने बारेमा अध्ययन भइरहेको छ ।
नेपालमा अहिले सम्म बैंकासुरेन्स कार्यक्रम फस्टाउन सकेको छैन । केही बैंकहरुले यस सम्बन्धमा सहजीकरणको प्रयाश भने गरेका छन् । यद्यपि यसको राम्रो तवरले विकास हुन बाँकी छ ।
विगतमा पुनर्विमा कसरी गरिन्थ्यो ?
नेपालमा पुनर्विमा कम्पनी स्थापना हुनुपूर्व नेपाली कम्पनीहरुले संकलन गरेको ठूलो रकम पुनर्विमाको लागि तेस्रो मुलुकका कम्पनीको खातामा जाने गरेको थियो । नेपालमा नै पुनर्विमा कम्पनी स्थापना भएसँगै अहिले नेपाली विमा कम्पनीहरुको पैसा नेपालमा नै रोकिएको छ । पुनर्विमा कम्पनीले राष्ट्र भित्र मात्रै कारोवार गर्न पाउने भन्ने हुँदैन । विश्व बजारमा आवश्यकताको आधारमा जुनसुकै ठाउँमा पुनर्विमा कम्पनीहरुले काम गर्न पाउँछन् । यसरी नेपालमा नै पुनर्विमा कम्पनी सञ्चालनमा आएसँगै नेपालमा तेस्रो मुलुकबाट समेत पुनर्विमा बापत प्रिमियम संकलन गरी नेपालमा भित्र्याउने अपेक्षा गर्न सकिन्छ ।

कोभिड पछिको अवस्था
कोभिड वीमा सन्दर्भमा ३ अर्ब ५० करोड रकम सम्म नेपालका विमा कम्पनीहरुले संकलन गरी कोष खडा गरेका छन् । त्यस भन्दा बढी रकम आवश्यक परे नेपाल सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । विश्व बजारमा महामारीको रुपमा शुरु भएको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिँदा पनि नेपाललाई भने यसले निकै पछि सम्म प्रभाव पारेको थिएन । नेपालमा पनि कोरोनाको प्रभाव शुरु हुँदा यसको प्रभाव अति न्यून देखिन्थ्यो । त्यस समयमा नेपालमा कोरोनाको विस्तार तीव्र रुपमा जान सक्ने कुरालाई राम्रोसँग अध्ययन नगरी साधारण रुपमा नै लिएर नेपालका विमा कम्पनीहरुले कोरोना वीमा कार्यक्रम सञ्चालनमा ल्याए । साधारण अवस्था नभई महामारीको अवस्था भएको कारण साधारण बुद्धिले आउन सक्ने गम्भीर स्थिति बारे विचार गर्न सकिएन । पछि त्यसले पछि ठूलो समस्या सृजना भयो । साथै विमा कम्पनीहरुले सामाजिक दायित्व अन्तरगर शुरु गरेको यस योजनालाई सकारात्मक व्याख्या नगरी जनमानसमा गलत धारणा फैलाइयो । जुन सकारात्मक नियतले शुरु गरेको कार्यक्रम थियो ।
पछि विमा कम्पनी, विमा समिति र अन्य सरोकारवाला निकायहरुसँगको व्यापक छलफल पछि यसलाई व्यवस्थित गर्ने पहल भयो । साथै पछिल्ला महिनाहरुमा संक्रमण दर समेत घट्दो क्रममा रहेसँगै अहिले अवस्था संक्रमितहरुले भुक्तानी प्राप्त गरिरहेका छन् । बीचमा केही नीतिगत अष्पष्टताको कारण भुक्तानीमा समस्या सृजना भयो । अहिले उक्त समस्या समाधान भइसकेको छ ।
आगामी दिनमा सम्भावना रहेका क्षेत्रहरु
नेपालमा कृषि, इन्जिनियरिङ र मेडिकल इन्स्योरेन्सको सम्भावना आगामी दिनमा राम्रो हुने देखिन्छ । उद्योग र व्यवसायमा हुने वृद्धिदरमा ती योजनाहरु निर्भर रहन्छन् ।
(याे सामाग्री रावल र आचार्यसँगकाे कुराकानीकाे आधारमा तयार पारिएकाे हाे ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij