
काठमाडाैं । नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको औपचारिक शुभारम्भ गरिएको छ । रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गर्न पाउँदा साह्रै गौरभ महुसस गरेको जानकारी दिन’भयो । रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको मुल नारा “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ । यस सञ्जालको अवधारणालाई मुख्यत ४–ई को सिद्धान्त अनुरुप संचालन गरिएको छ ।
पहिलो अवधारणा रोजगारी सिर्जना गर्ने रहेको छ । कम्पनीले रोजगारी सृजना तथा प्रवद्धन र तत् सम्बन्धि दक्षता अभिवृद्धि गर्ने उदेश्य लिएको छ । दोस्रो उद्यमशीलता अवधारणा भएको अध्यक्ष जंगमले बताउन’भयो ।दोस्रो अवधारणा अन’सार पियर टु पियर सेयर्ड र गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवद्धन तथा व्यावसायिक वृद्धी गर्ने रहेको छ ।
रोलिङले तेस्रो अवधारणाका रुपमा सशक्तीकरणलाई राखेको छ । यस अन्तरर्गत महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवद्धन गर्ने रहेको छ । यस्तै चौथोमा संलग्नतास् पनि रहेको छ । यसमार्फत समान सामाजिक वा व्यावसायिक रुचि, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्मउपलब्ध गराउने रहेको छ ।
व्यावसायिक बाहेक पनि सञ्जालमा खेलकुदका गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्ता सामाग्रीबाट मनोरञ्जन प्रदान गरिने जनाइएको छ । रोलिङ नेक्ससको मुल एप बाहेक, अन्य दुई (रोलिङ कर्मशील स्वदेश, रोलिङ कर्मशील विदेश) मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिएको छ ।
अध्यक्ष अनुप जंगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कर्मशील शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँदछ र यसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ। रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ ।
साथै स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ ।’ रोलिङ कर्मशील विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजि, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सकिनेछ । रोलिङ नेक्ससको एप समाजका हरेक वर्गलाई सम्बोधन गर्न सकोस् भनी बिभिन्न ७ वटा समुहहरुमा विभाजन गरिएको छ ।
१ रोलिङ जबः स्वदेशी रोजगारी र अवसरको खोजी तथा सीप अभिवृध्दि गर्नको लागि ।
२ रोलिङ टेण्डरः व्यवसायीले आफ्नो काम अनुरुपको अवसर हेरी सम्पुर्ण विड तथा टेन्डर खोजी, दर्ता तथा व्यवस्थापन अनलाइन मार्फतनै पुर्ण सम्पन्न गर्नका लागि ।
३ रोलिङ फ्रिलान्सः विदेश अथवा स्वदेशबाट माग आउने छोटो वा लामो कार्यहरुको घरै बसी गर्न मिल्ने स्वतन्त्र रोजगारी ९ँचभभबिलअभ ध्यचप० को अवसरको खोजी गर्नका लागि ।
४ रोलिङ क्याट ९ऋयmउगतभच ब्मबउतष्खभ त्भकत०स् आफ्नो सीप, शैक्षिक तह तथा कार्यक्षेत्र अनुरुपको बौद्धिक परिक्षण अनलाइनमै गर्न तथा कम्पनी तथा शैक्षिक संस्थाले छनौट प्रक्रियाका लागि गर्ने परिक्षा तथा मुल्यांकनका कार्य अनलाइनबाट संचालन गर्नका लागि ।
५ रोलिङ इभेन्टः भर्चुअल कक्षा कोठा, भर्चुअल मेला, विज्ञबाट परामर्श, बिभिन्न कार्यक्रम, सेमिनारको अनलाइन मार्फत प्रबर्धनको लागि ।
६ रोलिङ छलफलः आफ्नो कार्यक्षेत्र र रुचीको क्षेत्र अनुरुपको विभिन्न विषय सम्बन्धित लिखित प्रश्नोतर तथा छलफलमा सहभागी भई बौद्धिक बिकास गर्नका लागि ।
७ रोलिङ बजारः रोलिङ बजार मार्फत नेपाली घरेलु उद्यमीलाई प्रवद्धन गर्ने काम हुनेछ ।
रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले भने, अन्य ई–कमर्सभन्दा फरक हामी यसमा नेपाली घरेलु उद्यमीका सामानहरुको मात्र बजार प्रवद्धन गर्दछौं । मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको यस अवस्थामा नयाँ सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले हामीले रोलिङ नेक्सस प्रारम्भ गरेका हौं । १८ वर्षदेखि ६५ वर्षका उमेर समुहमा पर्ने करिव २ करोड श्रम शक्तिका रुपमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा पूर्ण व्यवसायिक सामाजिक सञ्जालको प्लाटफर्म दिई उत्पादनशीलता र रचनात्मक कार्यमा लगाउन हामी प्रतिवद्ध छौं । यो व्यावसायिक सामाजिक सञ्जाल प्रयोग गर्न ब्यक्ति र व्यवसायले रोलिङ नेक्सस डट कममा गई वा रोलिङ नेक्ससको मोबाइल एप डाउनलोड गरी आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजे अनुसारको सेवा प्राप्त गर्न सहज हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij