२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उद्योग सञ्चालनको वातावरण बनाउन ग्रिल महासंघको आग्रह

उद्योग सञ्चालनको वातावरण बनाउन ग्रिल महासंघको आग्रह

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित रहन नेपाल सरकारद्वारा गरिएको लकडाउन अथवा निशेषाज्ञाको कारण सबै उद्योगव्यवसायहरु बन्द छन् । यसबाट देशले ठुलो क्षति व्यहोर्नुपरेको छ । त्यस क्षति अन्तरगत ग्रिल तथा स्टिल व्यवसायले पनि ठूलो क्षति व्यहोर्नुपरेको बताएको छ ।

विगतको लकडाउन पश्चात् केही हद सम्म उद्योग व्यवसाय सञ्चालन हुने परिस्थिति सृजना भएपनि अहिले पुन भएको निशेधाज्ञाले ग्रील तथा स्टील उद्योग व्यवसाय क्षेत्रबाट पनि ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै महासंघका अध्यक्ष मोहन कटुवालले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

महासंघका अनुसार हाल नेपालमा ११ हजार ग्रील तथा स्टील उद्योग सञ्चालनमा छन् । ती उद्योग मार्फत हाल १ लाख ६० हजार श्रमिकहरुको रोजगारी पाएका भएपनि अहिलेको बन्दले सबैजसो श्रमिकहरुको रोजगारी गुम्ने र भोकभोकैं बस्नुपर्ने अवस्था श्रृजना भएको महासंघको भनाइ छ ।

अहिलेको कठिन अवस्थामा पनि सावधानी अपनाई सुरक्षाका विधि र उपकरणको सही प्रयोग गर्दै काम गर्न सकिने उद्योगीहरुलाई विकल्प दिन समेत महासंघले नेपाल सरकारलाई आग्रह गरेको छ ।

महासंघले सम्पूर्ण ग्रील तथा स्टील उद्योगी तथा व्यवसायीहरुमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारण संकटमा परेका उद्योगी व्यवसायीहरुलाई राज्यले घोषणा गरिसकेका पुर्नकर्जा, सहुलियतपुर्ण कर्जा , कर्जाको पुर्नतालिकीकरण लगायतका सुविधाहरु प्राप्त गर्न राष्ट्र बंैकले निर्धारण गरेको मापदण्ड पुरा गरेर सरोकारवाला निकायमा सम्पर्क गरि सुबिधा लिन समेत आग्रह गरेको छ ।

लामो समय सम्म उद्योगहरु बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा ल्याउँदा कोरोनाको संक्रमणबाट सुरक्षित रहेर उद्योगहरु सञ्चालन गर्न र सम्भावित दुर्घटनाबाट बच्न सुरक्षित कार्यस्थलको व्यवस्था गरी कार्य सञ्चालन गर्न आग्रह गर्दै सबै व्यवसायीहरुलाई ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले राष्ट्रिय बिमा संस्थानमा गर्दै आईरहेको ग्रिल व्यवसायी र श्रमिकहरुको सात लाखको दुर्घटना बिमा कार्यक्रममा यथाशक्य चाँडो सहभगी हुन समेत आग्रह गरेको छ । जसबाट भविष्यमा आईपर्ने विपत्तिमा पीडितलाई राहत उपलब्ध गराउन सहयोग पुग्नेछ ।
यसको अलावा सबै उद्योगी एवं कर्मचारीहरुले असहज अवस्थामा आफू सचेत नागरिकको हैसियतले सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij