
काठमाडौं । हिजो आठ सय रुपैंयाले बढेको सुनको भाउ आज पुन: घटेको छ ।
आज सुन प्रतितोला सात सय रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसै गरी बिहीबार प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजावी सुन ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी आज १३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij