
काठमाडौं । साताको सुरुवातदेखि नै निरन्तर ओरालो लागेको सुनको भाउ आज पनि घटेको छ । आज पनि सुन प्रतितोला ४ सय रुपियाँ घटेको छ ।
मंगलबार प्रतितोला ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमामा कारोबार भएको सुन आज ९६ हजार ८ सय रुपैयाँमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी आज तेजावी सुन पनि प्रतितोला चार सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । हिजो स्थिीर रहेको चाँदीको भाउ आज दश रुपैयाँले घटेको हो । चाँदी आज प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij