
काठमाडौं । बैंकमा सेवाग्राहीको चाप बढेपछि सोमबार (आज )देखि हरेक बाणिज्य बैंकले दैनिक बढिमा ५० जना कर्मचारीलाई कार्यालय बोलाउन पाउने भएका छन् ।
अहिले तीन वटा कम्पनीको प्राथमिक निष्काशन (आईपीओ)का लागि आवेदन आब्ह्रान भइरहेकाले बैंकमा सेवाग्राहीको चाप बढेको छ । चाप कम गर्नकै लागि बैंकर्स संघले केही बढि शाखा खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरेको थियो । तर राष्ट्र बैंकले थप शाखा भन्दा पनि कर्मचारीको संख्या थपेर सेवा दिन अनुमति दिएको छ ।
शुक्रबारसम्म दैनिक ३० जना कर्मचारीलाई कार्यालय बोलाएका बैंकले आइतबार ३५ जनालाई बोलाएका थिए । आजदेखि बैंकले ५० जना सम्म कर्मचारीलाई बोलाउन पाउने छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij