२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तोलामा चार सयले घट्यो सुन

तोलामा चार सयले घट्यो सुन


काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य केहि घटेको छ । आज सुन प्रतितोला चार सय रुपैंयाले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी आज तेजाबी सुनको प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij