२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपालको झण्डा जलाएर भिडियो बनाउनेलाई कारवाहीको माग

नेपालको झण्डा जलाएर भिडियो बनाउनेलाई कारवाहीको माग


काठमाडौं । नेपालको झण्डा जलाएर बनेको एउटा भिडिओ युट्युबमा अपलोड भएसँगै चर्को विरोध भएको छ ।

‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड गरीएको यो गीतमा राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको छ । गीतको भिडिओमा नेपाली राष्ट्रिय झण्डामा आगो लगाएको देखिन्छ ।

‘देशद्रोही’ शीर्षकको यो गीतको भिडिओ श्री विष्णु आधारभूत विद्यालय, वाग्मती गाउँपालिका वडा नम्बर तीन सल्लेनीमा छायाँकन भएको देखिएको छ ।

उक्त गीत सार्वजनिक भएसँगै राष्ट्रिय झण्डा र टोपी जलाउनेलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीटमार्फत यस्ता गतिविधि गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

नेपालको मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ। मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij