२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ग्लोबल आईएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

ग्लोबल आईएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त


काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो । भदौं १ देखि उनले जिम्मेवारी सम्हाल्नेछन् ।

बज्राचार्य दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा पूरा कार्यकाल विताएका थिए ।

यसअघि सनराइज बैंक, एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन् । बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । बज्राचार्य नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij