
काठमाडौं । नविल बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बैंकले गएको वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा बैंकको अघिल्लो आवको नाफाको तुलनामा ६७ करोड २१ लाख रुपैयाँ घटेको हो ।
खराब कर्जा तथा अन्य नोक्सानीको जोखिम न्यूनीकरणका लागि अघिल्ला वर्षको तुलनामा धेरै रकम खर्च गर्नुपरेका कारण नाफामा असर परेको बैंकल जनाएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो नियमका कारण यस्तो रकम बढाउनुपरेको हो।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले सेयरधनीलाई ३० प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता राख्दछ । यद्यपि बैंकले गत आवको असार मसान्तसम्ममा उठ्न नसकेको ऋण असोजमसान्त सम्ममा उठाउन सके त्यसबाट हुने नाफा पनि लाभांशको रुपमा बाँड्न सक्नेछ ।
बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ । बैंकले कष्ट अफ फण्ड ५.४९ प्रतिशत, सीसीडी रेसीयो ६८.०८ प्रतिशत, स्प्रेड रेट ३.७३ प्रतिशत, बेसरेट ७.३२ प्रतिशत कायम गरेको छ ।
१० अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकसँग १५ अ्ब ७० करोड जगेडा रहेको छ। ०.९७ प्रतिशत खराब कर्जा पुगेको बैंकको प्रतिशेयर आम्दानी ३५.३२ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij