२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एकैदिन तोलामा ६ हजार रुपैयाँले घट्यो सुन

एकैदिन तोलामा ६ हजार रुपैयाँले घट्यो सुन


काठमाडौं । बुधबार एकैदिन नेपाली बजारमा सुनको मूल्य ६ हजार रुपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको हो ।

आज सुन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख १ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यसै गरी आज तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ । अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको सुन एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij