
काठमाडौं । एभरेष्ट बैंकका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकको मुख्य कार्यालय दुई दिनका लागि बन्द गरेको छ ।
लाजिम्पाट स्थित एभरेष्ट बैंकको मूख्य कार्यालय सोमबार र मंगलबार बन्द गरिएको हो । आफ्नो सेवा बुधबार देखि नियमित रुपमा मुख्य कार्यालय र शाखाबाट सूचारु हुने बैंकले बताएको छ ।
बैंकले लाजिम्पाट स्थित सबै कर्मचारीको परिक्षण गराएको थियो । सो क्रममा दुई जना कर्मचारीमा पोजेटिभ देखिएको थियो । संक्रमित कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ ।
यस्तै, आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको बताइएको छ ।
मुख्य कार्यालय बन्द भएपनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij