
काठमाडौं । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमाकारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपियाँ कायम भएको छ । चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको महाुंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij