२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रभु बैंकको २ अर्बको ऋणपत्र विक्री खुल्यो

प्रभु बैंकको २ अर्बको ऋणपत्र विक्री खुल्यो


काठमाडौं । प्रभु बैंकले आजदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको छ ।

बैंकले १ हजार अंकित दरले २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र बैंकले विभिन्न व्यक्ति तथा संघ९संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गर्ने छ ।

यस्तै बाँकी रहेको ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्रको ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको ७ लाख ६० हजार कित्तामा भने सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

८ वर्ष अवधि रहेको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । ऋणपत्रको ब्याज त्रैमासिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ छ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिने सक्नेछन् ।

लगानीकर्ताले छिटोमा साउन २३ गते र उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij