२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुन तोलाको एक लाख नजिक

सुन तोलाको एक लाख नजिक

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ । लगातार बढीरहेको सुनको भाउ आज पनि तोलामा तीन सय रुपैंयाले बढेको हो ।

शुक्रबार सुन ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। विहीबार प्रतितोला ९९ हजारमा कारोबार भएको सुन आज फेरी तीन सय रुपैंयाले बढेको हो ।

त्यसै गरी आज तेजावी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ । बिहीबार तेजावी सुन ९८ हजार ५ सय ६० तथा चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैंयामा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला २५ रुपैंयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैंयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij