
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै बजारबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ। बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले उक्त रकम बजारबाट झिक्न लागेको हो ।
तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो । राष्ट्र बैंकले जारी गरेको ७ दिनका अवधिको उक्त रिभर्स रिपो साउन २२ गते परिपक्व हुनेछ।
उक्त रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन्। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले उक्त रिपो खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । साथै मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ।
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij