
काठमाडौं । विश्वभर फौलिएको कोरोना महामारी पछि निरन्तर उकालो लागेको सुनको भाउ आज पनि प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मुल्यसँगै सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।
त्यसै गरी आज चाँदी तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij