२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अाेप्स स्पाेर्ट्स फेस्टिवल २०७३ सञ्चालनमा

अाेप्स स्पाेर्ट्स फेस्टिवल २०७३ सञ्चालनमा

गोलढुङ्गा स्थित सञ्चालनमा रहेको सृजना ज्ञानसागरको प्रायोजनमा ओप्स स्पोर्टस फेस्टिबल २०७३ सञ्चालन भइरहेको छ । प्याब्सन अन्तरगतको सिष्टर अर्गनाइजेसनको रुपमा रहेको ओप्समा हाल २१ ओटा विद्यालयहरु आवद्ध छन् । २०६० मा स्थापना भएको ओप्स वि.सं २०७० सम्म निष्क्रिय जस्तै थियो । तर पछिल्ला केही बर्षहरु देखि भने यस संस्थाले सक्रिय रुपले विभिन्न अतिरिक्त शैक्षिक क्रियाकलापमूलक गतिविधिहरु गर्दै आएको छ । हाल ओप्सको नेतृत्व हिमशिखर हाई स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले गर्दै आउनुभएकाे छ।

कसरी भइरहेको छ खेलकुद कार्यक्रम ः

यसपटकको स्पोर्टस फेस्टिवलमा फुटबल, एथ्लेटिक्स र व्याडमिण्टनको खेल सञ्चालन गरिएको छ । फुटबलमा १९ ओटा विद्यालय सहभागि छन् । एथ्लेटिक्समा २१ ओटा विद्यालयहरु सहभागि छन् भने व्याडमिण्टनमा १७ ओटा विद्यालयहरु सहभागि छन् । फुटबल र एथ्लेटिक्स गोलढुङ्गा खेलकुद समाजको खेल मैदानमा भइरहेको छ । साथै व्याडमिण्टन एण्जल हर्ट एकेडेमीको हलमा भइरहेको छ । खेलकुद मैदानको व्यवस्थापन तथा सजावटको निम्ति सृजना ज्ञानसागरका विद्यार्थीहरुले १ हप्ता भोलुन्टेयरको रुपमा सहयोग गरेको बताइएको छ ।
सुदर्शन आचार्य अध्यक्ष रहेको गोलढुङ्गा खेलकुद समाजको व्यवस्थापनमा रहेको यो खेल मैदान यस क्षेत्रकै ठूलो खेलमैदान हो । जुन निजी क्षेत्रको जग्गामा नभई सार्वजनिक प्रति जग्गामा निर्माण गरिएको छ । प्रतिबर्ष यसको व्यवस्थापनको निम्ति ३०-४० लाख रकम राज्यबाट नै उपलब्ध हुने भएपनि खेलकुद आयोजनाको क्रममा प्रायोजक रहेको विद्यालयले केही रकम उपलब्ध गराउने प्रचलन छ । हाल भइरहेको यस खेलकुदको निम्ति सृजना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्र फुयाँलले व्यक्तिगत रुपमा ७ हजार र विद्यालयको नाममा १५ हजार रकम सहयोग उपलब्ध गराएको बताउनुहुन्छ । प्रयाप्त जग्गा भएको यो खेल मैदान करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको बताइन्छ ।

ओप्सका अन्य कार्यक्रमहरु ः

ओप्सको आयोजनामा महिनाको अन्तिममा हुने हाजिरीजवाफ प्रतियोगिताको प्रायोजन चिल्ड्रेन एटर्नल एकेडेमीले गर्दैछ । अनुकुलता अनुसार अतिरिक्त शैक्षिक क्रियाकलापहरुको प्रायोजन हुँदै आएका छन् । यी अतिरिक्त क्रियाकलापहरु ओप्सको नियमित कार्यसूची भित्र पर्दछन् । अहिले ओप्सका यस्ता क्रियाकलापहरुमा १ दर्जन बढी विद्यालयहरु नियमित रुपमा सक्रिय रहँदै आएको फुयाँल बताउनुहुन्छ ।

कुन कुन स्कुल छन् ओप्समा ?

अहिले ओप्स अन्तरगत सृजना ज्ञानसागर, कौशल इङ्लिस स्कुल, गिनिज पब्लिक स्कुल, एन्जल हर्ट्स एकेडेमी, ज्ञान मन्दिर स्कुल, चिल्डे«न एटर्नल एकेडेमी, मनास्लु पब्लिक एकेडेमी, विभुति हाई स्कुल, पुष्पकुञ्ज स्कुल, सामाखुसी इङ्गलिस स्कुल, राजन मेमोरियल एकेडेमी, फेरिल्याण्ड स्कुल, प्रिसियर नेशनल एकेडेमी, मस्र्याङ्दी स्कुल, प्रगति हायर सेकेण्डरी स्कुल, धु्रवतारा वोर्डिङ स्कुल, न्युटन चिल्डे«न स्कुल, ग्रिनल्याण्ड चिल्डे«न एकेडेमी, नमोबुद्ध इङ्गलिस स्कुल लगायत संलग्न छन् । आगामी दिनमा ओप्समा विद्यालयहरुको सङख्या बढाउने सोच नभए पनि आवश्यकता बमोजिम विचार मिल्ने सञ्चालक रहेका केही विद्यालयहरु भने थपिन सक्ने सृजना ज्ञानसागर प्रिन्सिपल राजेन्द्र फुयाँलले बताउनुभयो । अहिले आयोजना भइरहेको ओप्स स्पोर्टस् फेस्टिवल २०७३ आयोजनाको प्रायोजक पनि यही सृजना ज्ञानसागर नै हो ।

सृजना ज्ञानसागरको संक्षिप्त पृष्ठभूमी ः

राजेन्द्र फुयाल,  प्रिन्सिपल, सृजना ज्ञानसागर

वि.सं २०४४ मा स्थापना भएको सृजना ज्ञानसागर शुरुका दिनमा कृष्ण पौडेल र डा.डिल्लीराज गौतमले शुरुवात गर्नुभएको हो । वि.सं २०६२ मा सो विद्यालयको व्यवस्थापनको जिम्मेवारी आफूले लिनुभएका फुयाँल प्रिन्सिपलको रुपमा नै अहिले पनि कार्यभार सम्हाल्दै आउनुभएको छ । २०६२ मा आफूले विद्यालयको जिम्मेवारी लिने समयमा १ सय २० जना विद्यार्थी रहेको र कक्षा ९ सम्म अध्ययन हुँदै आएकोमा राजेन्द्र फुयाँलले १० कक्षा सम्म नै अध्ययन हुने वातावरण बनाउनुभयो ।

हाल यस विद्यालयमा ७ सय विद्यार्थीहरु अध्ययनरत छन् । ९ कक्षा बाहेक अन्य सबै कक्षाहरुमा २ सेक्सनमा पढाई हुँदै आएको छ । प्रतिदिन यस विद्यालयमा २५ कक्षाहरु सञ्चालन हुँदै आएका छन् । वि.सं २०४७ देखि नै चितवनमा कम्प्युटर शिक्षाको विस्तार गर्ने उद्धेश्यले कम्प्युटर इन्ष्टिच्युट सञ्चालन गर्नुभएका फुयाँल विद्यार्थीलाई विश्व जगत्मा नयाँ विकास भएका प्रविधिहरुमा समेत अद्यावधिक गराउनुपर्ने कुरामा जोड दिनुहुन्छ ।
अहिले यस विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि र बाह्य विषयवस्तुको वारेमा पनि विद्यार्थीलाई सक्रिय बनाउने उद्देश्यले विभिन्न खेलकुद तथा मनोरञ्जनमूलक कार्यहरुमा नियमित रुपमा विद्यार्थीलाई सरिक गराउँदै आएको छ । यसको अलावा ओप्सको माध्यमबाट पनि प्रत्येक महिना अन्तर विद्यालय स्तरीय १÷२ ओटा खेलकुद प्रतियोगिताहरु आयोजना हुँदै आएका छन् ।

खेलकुद किन आवश्यक छ ः फुयाँलकाे दृष्टिकाेण

खेलकुदले मनोवैज्ञानिक तथा मनोसामाजिक समस्याहरु हटाउँछ । मनोवैज्ञानिक तथा मनोसामाजिक समस्यहरु रहे सम्म व्यक्तिमा भावना र संवेग स्वतन्त्र रुपले प्रवाह हुन सक्दैन । अर्थात आफु भित्र रहेका कुराहरु आफैंमा गुम्सिन्छन् । यसलाई हटाउने माध्यमहरु हुन् खेलकुद र मनोरञ्जन । खेलकुदको माध्यमबाट दुइ तवरले आनन्द लिन सकिन्छ । एउटा पक्षले खेलकुदमा क्षमता देखाएर आनन्द लिन सक्छन् भने अर्को पक्ष खेलकुद हेरेर आनन्द लिन सक्छन् ।

आफुमा भएको क्षमता प्रष्फुटन गर्नको निम्ति समेत खेलकुदले निकै महत्वपुर्ण भूमीका निर्वाह गर्दछ । यसको अलावा नेतृत्व तथा व्यक्तित्व विकासको निम्ति पनि खेलकुदले महत्वपुर्ण भूमीका निर्वाह गर्दछ । शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सन्तुष्ट र वैचारिक रुपमा स्पष्टताको निम्ति पनि खेलकुद अपरिहार्य छ । यसैकारण अहिले खेलकुद शोख मात्र नभइ अनिवार्य नै बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij