२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीलाई सफल बनाउन विभिन्न समिति गठन

फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीलाई सफल बनाउन विभिन्न समिति गठन

वीरगन्ज नेपाल पत्रकार महासंघ र नेपाल फोटो पत्रकार महासंघको संयूक्त आयोजनामा यही फागुण १६ देखि १८ गेत सम्म वीरगन्जमा हुने प्रदेश स्तरिय फोटो पत्रकारिता तालिम तथा वृहत फोटो प्रदर्शनीलाई भब्यरुपमा सफल बनाउन ८ सदस्यीय मुलसमिति गठन भएको छ ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय महासचिव हरि रेग्मी र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रशिक्षण विभागका प्रमुख कृष्ण गरीको विशेष उपस्थितिमा बसेको बैठकले नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानको संयोकत्वमा मुलसमिति गठन भएको हो । गढित समितिको सदस्यहरुमा नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष राम सर्राफ, उपाध्यक्ष पंकज श्रेष्ठ,  सचिव फणि महत,  नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, र सदस्य कविता खडका रहेका छन् ।

त्यसै बेठकले तालिम तथा फोटो प्रदर्शनीलाई सफल बनाउन विभिन्न उपसमितहरु गठन गरेको छ । बैठकले केसि लामिछानेको संयोगकत्वमा ५ सदस्यी अावास तथा खाना र मञ्च व्यवस्थापन उपसमिति, बिजय चौहानको संयोजकत्वमा ७ सदस्यी प्रचार प्रसार उपसमिति, कविता खडकाको संयोजकत्वमा ५ सदस्यीय अतिथी सत्कार तथा स्वागत उपसमिति, पंकज श्रेष्ठको संयोजकत्वमा ८ सदस्यी फोटो प्रदर्शनी छनौट उपसमिति, श्याम बन्जाराको संयोजकत्वमा ७ सदस्यीय तालिम व्यवस्थापन उपसमिति गठन भएको छ ।

अवास तथा खाना र मञ्च व्यवस्थापन उपसमितिको सदस्यमा बिजय चौहान, अमित अग्रवाल, जगत राई र निरज पिठाकोठे रहेका छन् ।

प्रचारप्रसार उपसमितिको सदस्यहरुमा ओम प्रकाश खनाल, क्रान्ति साह, रितेश त्रिपाठी, आर के पटेल, निरज पिठाकोठे र आसु सर्राफ रहेको मुल आयोजक समितिले जनाएको छ ।

अतिथि सत्कार तथा स्वागत उपसमितिको सदस्यमा माधुरी महतो, निलिमा पौडेल,विमला गुप्ता र निलम पन्त रहेका छन् ।

त्यस्तै फोटो प्रदर्शनी तथा छनौट उपसमितिमा जितलाल श्रेष्ठ, दिवाकर भण्डारी, तिवारी यादव, राम सर्राफ, रितेश त्रिपाठी, जियालाल साह र फणी महत रहेका छन् ।

तालिम व्यवस्थापन उपसमितिको सदस्यहरुमा रामनारायण कुर्मी, भुषणा यादव, अनुप तिवारी, युवराज खडका, शुषमा शर्मा र शेखर छत्कुली रहेको मुल आयोजक समितिका संयोजक चौहानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij