२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हट्ने हो त तरलता अभाब ?

हट्ने हो त तरलता अभाब ?

काठमाडौं । बैंकहरुमा लगानी योग्य पूँजी तरलता अभाब भएर वित्तीय सङ्कट नै हुने अवस्था देखिएकोमा अब त्यो समस्याबाट मुक्ति मिल्ने संकेत देखिएको छ । नेपाल धितोपत्र वोर्डले शेयरको प्राथमिक निस्कासनबाट उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने व्यवस्था गरेपछि त्यो पैसा फिर्ता भएर तरलता अभाब टर्ने देखिएको हो ।

नेपाल राष्ट्र बैक र धितोपत्र वोर्डको संयुक्त पहलमा यसरी पैसा फिर्ता गर्ने बाटो खुलेको हो। राष्ट्र बैकमा नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको ठुलो रकम रहेकोमा नेपाल लाइफको ५२ अर्ब मात्र फिर्ता हुँदा पनि सहज स्थिति बन्नसक्छ ।

राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबारै रकम फिर्ता हुँदैछ । शेयर बिक्रि बन्द भएको छ कार्यदिनसम्म जम्मा भएको रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था रहेकोमा पुरानो व्यवस्थाले वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा समस्या आएको भन्दै पैसा राख्नु नपर्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij