२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘गलबन्दी’ गीतले संसदमा प्रवेश पायो

‘गलबन्दी’ गीतले संसदमा प्रवेश पायो

अहिलेको चर्चित लोकदोहोरी गीत ‘गलबन्दी’ को विवादको चर्चा आज पनि संसदमा भएको छ ।

मंगलबारको बैठक शुरुहुना साथ शुन्य समयमा सांसदहरुले गलबन्दीको विषयमा बोलेका हुन् । शुन्य समयमा बोल्दै सांसद विमला विकले गलबन्दीको विवादमा सामाजिक संजालमा सर्जक प्रकाश सपुतको अपमान गरिएको र अछुत तथा कुजात भनेर टिप्पणी गरिएकोमा आपत्ति जनाउदै सामाजिक संज्ञालमा भएका यस्ता टिप्पणीलाई कानुनी दयारामा ल्याउन माग गरेकी छन् ।

सांसद बिकले भनिन् – सर्जक प्रकाश सपुत र शान्तिश्री परियारले गलबन्दी गीत गाउनु भयो । यो गीत एक महिना भित्र हजार लाख होइन एक करोडभन्दा बढी नेपालीहरु देश बाहिर र भित्रका नेपालीको मन मुटुमा पुग्यो तर अचम्म लाग्छ की छोटो समयमा धेरै दुरी पार गर्नेलाई राम्रो धावक भनेर सम्मान गरिन्छ राम्रो खेल खेल्ने खेलाडीलाई राम्रो खेलाडी भनेर सम्मान गरिन्छ, तर छोटो समयमा धेरै नेपालीको मन मस्तिष्कमा पुग्ने कलाकारलाई छुत र कुजात भनेर अपमान गरियो, यसमा सरकार मुकदर्शक मात्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij