
कञ्चनपुरमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरलाई कालो झन्डा देखाइएको छ । कालाे झन्डा देखाउने क्रममा झडप हुँदा २ जना घाइते समेत भएका छन् ।
मंगलबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा कालोझण्डा देखाउने क्रममा नेकपा र नपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा परी काँग्रेसका विक्रम चन्द र गोपी उपाध्याय घाइते भएको प्रहरीले जनाएको छ । उपाध्यायको हातमा सामान्य चोट लागेको छ भने चन्दको टाउकोमा चोट लागेर धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ ।
मन्त्री मगर मंगलबार बिहानै बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि पुग्ने क्रममा नेपाली काँग्रेसका कार्यकर्ताले डोकेबजारमा कालोझण्डा देखाउने खोजेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij