
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेल हत्याका विषयमा नयाँ रहस्य खुलेको छ ।
प्रहरीसँगको मुडभेडमा मारिएका भनिएका पौडेलको प्रहरी नियन्त्रणपछि हत्या भएको परिवारका सदस्यले दावी गरेका छन् । बिहिबार दिउँसो सर्लाहीको लालबन्दीबाट काम सकेर सिन्धुली जाँदै गरेका बेला बाटोमा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेर हत्या गरेको उनका बाबु खिलराज पौडेलले बताए ।
‘मेरो छोरालाइ प्रहरीले समातेर किन मा-यो सत्यतथ्य छानबिन हुनुपर्छ, गल्ति गर्नेलाइ कानुन अनुसारको कारबाही हुनुपर्छ ।’ उनले भने । छोराको मृत्युबारे अहिलेसम्म प्रसाशनले कुनै जानकारी नदिएको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij