
लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर विवाद भइरहेको छ |
लोकसेवा आयोगले गत १५ जेठमा स्थानीय तहमा रिक्त विभिन्न सेवा समूहका प्राविधिक, अप्राविधिक ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको थियो । कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत ६ जेठमा गरेको निर्णयका आधारमा लोकसेवाले सो विज्ञापन आह्वान गरेको जनाएको छ ।
तर, संंविधानमा भएको व्यवस्थाअनुसार लोकसेवा आयोगले क्लस्टर छुट्याएर विज्ञापन नगरेको भन्दै विरोध भएको हो । प्रादेशिक लोकसेवा आयोग गठन गरी प्रदेश र त्यसअन्तर्गतका स्थानीय निकायमा पदपूर्ति गर्ने अधिकार संंविधानले प्रादेशिक लोकसेवालाई दिएको छ ।
प्रादेशिक लोकसेवाको गठन प्रक्रिया र योसँग सम्बन्धित ऐन नबनिसकेको अवस्थामा हतारमा विज्ञापन गर्नुले आयोगको नियतमाथि शंका उत्पन्न गरेको राजपा नेपालका महासचिव जितेन्द्र सिंहले बताए । राजधानी दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij