२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रहरीद्वारा काठमाण्डौ लुटेरा पक्राउ

प्रहरीद्वारा काठमाण्डौ लुटेरा पक्राउ

प्रहरीले गोली हानेर एक जना लुटेरालाई पक्राउ गरको छ । पाँचथर फिदिमका छिरिङ तामाङलाई काठमाडौंको अत्तरखेलमा शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानी नियन्त्रणमा लिएको हो ।

उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

तामाङको खुट्टामा गोली लागेको छ । प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij