२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राजनितीक अस्थिरताका बीच ओलीको बेलायत भ्रमण तय

राजनितीक अस्थिरताका बीच ओलीको बेलायत भ्रमण तय

नेपालका प्रधानमन्त्री केपी ओली बेलायतको औपचारिक भ्रमणमा आउने तय भएको छ । १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण तय भएको हो । यसअघि सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएका थिए । बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा ओली बेलायत आउन लागेका हुन् ।

मेले रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टर गत मार्चमा नेपाल भ्रमण जाँदा समकक्षी ओलीलाई बेलायत भ्रमणको औपचारिक निमन्त्रणा पठाएकी थिइन्। बेलायती प्रधानमन्त्री मेले जुन ७ तारिख पदबाट राजीनामा दिने घोषणा गरेसँगै बेलायतमा राजनीतिक अस्थिरताबीच ओलीको भ्रमण हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij