
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको पूर्व विदेश सचिव एस जयशंकर विदेशमन्त्री हुँदैमा दुई देशबीचको सम्बन्धमा कुनै तात्विक अन्तर नहुने बताएका छन् ।
‘हिजो को परिघटनाबाट नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले पनि शिक्षा लिइसकेको स्थिति छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानीमा दाहालले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र नेपालले पनि त्यस खालका परिस्थिति फेरि नहोदोरियोस् भन्नका निम्ति सतर्कता अपनाएको स्थिति छ। त्यसैले भारतको विदेश मन्त्री को हुन्छ भन्ने कुराले अब चाँहि तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij