२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आमाले गरिन आफ्नै ६ महिनाकी छोरीको हत्या

आमाले गरिन आफ्नै ६ महिनाकी छोरीको हत्या

छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीले सात महिनाकी छोरी जानकीको हत्या गरेकी छिन् । उनले कुटपिट गरी छोरीको हत्या गरेकी हुन ।

कुटपिटपछि छोरीको हत्या गरेको किटानी जाहेरी आफन्तले दिएपछि सपनालाई त्रिवेणी गाउँपालिकाको लुहाममा रहेको इलाका प्रहरी कार्यालयकाे टाेलीले पक्राउ गरेकोहाे ।

पक्राउ परेकी सपनालाई इलाका प्रहरी लुहाममा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नरबहादुर खडकाले बताए ।हत्याको कारण खुल्न सकेको छैन । मृतक बालिकाको मंगलबार जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij