
विप्लव नेतृत्वको नेकपाले आज गरेको बन्दका क्रममा प्रदेश ३ को राजधानी हेटौंडाको मुख्य बजार क्षेत्रमा बम फेला परेको छ । बन्दकर्ताले बजारको मुख्य क्षेत्र बुद्धचोकमा दुई वटा प्रेसर कुकर बम राखेको फेला परेको छ ।
बम राखेपछि जनजिवन आंतकित भएको थियो । दुई वटै बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरी नायब उपरीक्षक ( डिएसपी) यज्ञप्रसाद भटराईले जानकारी दिए । सर्वसाधारणले समयमै खबर गरेका कारण क्षति हुन बाट जोगिएको उनले बताए ।
यसैगरी बन्दकर्ताले मकवानपुरमा दुईवटा ट्रकमा आगजनी गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको चौकी टोल र थाहा नगरपालिकाको खानीगाउँमा ट्रक जलाइएको डिएसपी भटराईले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij