
२५ पुसदेखि ५ माघसम्म भएको चितवन महोत्सवमा १ करोड ३९ लाख रुपैयाँ फाइदा भएको छ । महोत्सवको आय–व्यय सार्वजनिक गर्दै आयोजक उद्योग वाणिज्य संघले कुल आम्दानी ३ करोड ४४ लाख ५४ हजार रुपैयाँ भएको जानकारी दिएको छ ।
उक्त रकमबाट १ करोड रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न दिइने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए । त्यस्तै ५ लाख १७ हजार रुपैयाँ गणेशधाम निर्माणसहित विभिन्न सामाजिक काममा ७१ लाख १३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij